प्रधानमन्त्रीद्वारा छ नगरपालिका पुरस्कृत
कीर्तिपुर (काठमाडौं)। प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्यसम्पादन गरेका छ वटा नगरपालिकालाई पुरस्कृत गरेका छन्।
नेपाल नगरपालिका संघको ३२औँ दिवसका अवसरमा कार्यसम्पादनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो। प्रधानमन्त्री ओलीले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासनका लागि पुरस्कार प्रदान गरे।
यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उपमहानगर पालिकालाई सामाजिक विकासमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरिएको हो।
प्रधानमन्त्रीले मध्यपुर थिमी नगरपालिकालाई वातावरण संस्कृति पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासका निम्ति नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई पुरस्कार प्रदान गरे।
संघका केन्द्रीय अध्यक्ष भीम ढुंगानाका अनुसार संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर नगरपालिकाको कामको मूल्यांकन गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment