रास्वपाले माग्यो कर्मचारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक जना कर्मचारी माग गरेको छ।
पार्टी कार्यालयलका लागि एक जना फ्रन्ट डेस्क सहायक माग गरिएको रास्वपाले बिहीबार साँझ सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै जनाएको छ।
उक्त पदका लागि अनुभव नचाहिने रास्वपाले जनाएको छ। सञ्चारसम्बन्धी राम्रो ज्ञान भएको, टाइपिङ राम्रो भएको, माइक्रोसफ्ट वर्ड, एक्सेल, इमेल इन्टरनेट तथा सोसल मिडिया चलाउन सक्ने कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।
सकारात्मक सोच भएको, जनसम्पर्क राम्रो भएको, कामको चाप सहन सक्ने क्षमता भएको र समूहमा काम गर्न सक्ने आवदेकले सूचना जारी भएको सात दिनभित्र आवेदन दिन आह्वान गरिएको छ। आवेदन पार्टीको केन्द्रीय कार्यालय चःमति १६ काठमाडौंमा पठाउन सूचनामा उल्लेख गरिएको छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment