बीस लाख किसानलाई परिचयपत्र वितरण गरिँदै
मङ्गलबारे (इलाम)। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले २० लाख किसानलाई चाँडै परिचयपत्र वितरण गरिने बताएका छन्। इलामको रोङ गाउँपालिकाले आयोजना गरेको गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको आज उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
रोङ गाउँपालिकाले थालेको गुरु किसान कार्यक्रम देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले गाउँपालिकाबाट सञ्चालित यस्तो कार्यक्रम संघीय सरकारले पनि सञ्चालन गर्नुपर्ने बताए।कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी विकासमन्त्री खगेन लिम्बूले कृषि क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताए।
रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले पहिलो पटक एक सय २१ जना गुरु किसान छनोट गरिएको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment