प्रतिगामी हर्कतविरूद्ध एमालेले देशव्यापी अभियान सञ्चालन गर्ने
काठमाडौं। सत्तरुढ दल नेकपा एमालेले देशमा भइरहेका प्रतिगामी हर्कत विरुद्ध देशव्यापी रुपमा अभियान संचालन गर्ने भएको छ।
गत चैत्र ४ गते बसेको पार्टी सचिवालय बैठकको निर्णय बमोजिम एमालेले दशैभर जनसचेतना अभियान संचालन गर्न लागेको हो।
बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गर्ने निर्णय गरेको थियो।
महासचिव शंकर पोखरेलले आज सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल बैठकबाट सम्बोधन गर्दै पार्टीले केन्द्रीय सचिवालयले तय गरेका कार्यक्रमहरुलाई सबै वडा तह सम्म पुर्याउन निर्देशन दिए।
अभियान अन्तर्गत चैत ११ गते देशभरका सबै वडाहरूमा एकसाथ जनसचेतना कार्यक्रम सञ्चालन गर्ने त्यसै गरी संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तर सम्वाद कार्यक्रम, जनप्रदर्शन,जागरण सभा, वृहत मोटरसाइकल र्याली र विशेष सभाको लगायतका कार्यक्रम रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment