ज्ञानेन्द्र शाहीले रघुजी पन्तलाई भने, ‘तपाईंको मुखमा राक्षसको बास रै’छ’
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा एमाले नेता रघुजी पन्त माथि प्रश्न गरेका छन्। पूर्वराजा वीरेन्द्रले वेश्यावृत्ति गरेको भन्ने कुरा पन्तले भनेको भन्दै पन्तको ‘मुखमा राक्षसको बास बस्ने’ गम्भिर आरोप लगाएका छन्।
‘३ करोड नेपालीका प्रिय स्वर्गीय राजा वीरेन्द्रलाई हुँदै नभएको झुटो आरोप लगाएर तपाईँहरूको लुटतन्त्र कहिलेसम्म बचाउनुहुन्छ ?’ पन्तलाई प्रश्न गर्दै शाहीले भनेका छन्, ‘सन् १९४६ मा जवाहरलाल नेहरु भारतीय प्रधानमन्त्री हुँदा राजा वीरेन्द्र शाह एक वर्षको हुनुहुन्थ्यो, एक वर्षको मान्छेले भारतको कलकत्तामा वेश्यावृति गर्यो भन्दै आरोप लगाउने तपाईंका मुखहरुमा सायद राक्षसले बास गर्छन्।’
शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुसी बनाउनका लागि उक्त कुरा बोलेको पनि जनाएका छन्। ‘माननीय रघुजी पन्तजीलाई मेरो अनुरोध निगाहमा पाएको सांसद पद जोगाउन कति लुटतन्त्रको र प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको चाप्लुसी गरेको? नेपाली जनता तपाईंहरूको लुटतन्त्रको पक्षमा छैनन्। केही सीमित आसेपासे लुटतन्त्रमा सहभागी रस चुसेका चुसेराहरू मात्रै तपाईंको पक्षमा छन्’,उनले लेखेका छन्।
केही दिन अघि राजा वीरेन्द्रले वेश्यावृत्ति गरेको भन्दै संसदमा केही प्रसंग बोले पछि शाहीले सामाजिक सञ्जालबाट जवाफ दिएका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment