जनमत पार्टीका केन्द्रीय सदस्य जसपा नेपाल प्रवेश

डिसी नेपाल
९ चैत २०८१ १६:२१
860
Shares

काठमाडौं । जनमत पार्टीका केन्द्रीय सदस्य निलम यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेकी छन्।

शनिबार जसपा नेपाल रुपन्देही जिल्ला समितिले भैरहवाको बुद्धचोकमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता जसपा नेपाल प्रवेश गरेको प्रचार विभागले जानकारी दिएको छ।

पार्टी प्रवेश गर्नेमा जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सीता गुरुङका श्रीमान् कैलाश गुरुङसमेत रहेका छन्।

नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले अबिर तथा खादा लगाएर पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मालगायतका नेताहरुको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *