सुनिता र बुचलाई ओभरटाइमको पैसा दिनु परे आफ्नो खल्तीबाट दिन्छु : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा बढी समय बिताएकोमा सुनिता विलियम्स र बुच विल्मोरलाई ओभरटाइम दिने प्रश्नको जवाफ दिएका छन्।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ दिने मिसनमा गएका सुनिता विलियम्स र बुच विल्मोर नौ महिनाभन्दा बढी समय त्यहाँ बिताएपछि यस हप्ताको सुरुमा पृथ्वीमा फर्किएका छन्।
जब पत्रकारहरूले अमेरिकी राष्ट्रपतिलाई अन्तरिक्ष यात्रीहरूको ओभरटाइमको बारेमा सोधे, उनले भने, “यसबारे मसँग कसैले पनि कहिल्यै कुरा गरेन।”
उनले भने “यदि मैले पैसा भुक्तानी गर्नु पर्यो भने, म आफ्नै खल्तीबाट तिर्नेछु।”
सुनिता विलियम्स आफ्ना सहयात्री अन्तरिक्ष यात्रीहरूसँग २८६ दिन अन्तरिक्षमा बिताएपछि पृथ्वीमा फर्किएकी छिन्।
बोइङको स्टारलाइनर अन्तरिक्ष यान जसले उनीहरूलाई पृथ्वीमा फिर्ता ल्याउने भनिएको थियो, त्यो खराब भयो, त्यसैले उनीहरूले यति लामो समय पर्खनु पर्यो।
एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन क्याप्सुलले तिनीहरूलाई फ्लोरिडाको तटमा सुरक्षित रूपमा अवतरण गरायो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment