हर्मुजमा इरानले बिच्छ्याएको बारूदी सुरुङमा परेर तल ट्यांकर विष्फोट
काठमाडौं । रणनीतिक रूपमा निकै संवेदनशील मानिने हर्मुज जलडमरूमध्य मा एउटा तेल ट्याङ्कर समुद्री माइनसँग ठोक्किएपछि त्यसमा भीषण आगलागी भएको छ।
इरानी समाचार एजेन्सी ‘तस्निम’ का अनुसार उक्त ट्याङ्कर तेहरान प्रशासनले निर्धारण गरेको जलमार्गभन्दा फरक र अनधिकृत बाटोबाट अघि बढेकाले बारुदी सुरङमा ठोक्किएको हो।
इरानले यसअघि नै पटक-पटक चेतावनी दिँदै आफ्नो जलसीमा वा हर्मुज क्षेत्रमा तोकिएको मार्गभन्दा बाहिर गएर कुनै पनि जहाज सञ्चालन भएमा त्यसबाट हुने परिणामको जिम्मेवारी सम्बन्धित पक्षकै हुने स्पष्ट पारिसकेको थियो।
हालसम्म यस घटनाबारे इरानी सरकारी अधिकारीहरूले कुनै आधिकारिक वक्तव्य जारी गरेका छैनन् भने ट्याङ्करमा भएको भौतिक क्षति वा मानवीय क्षति (हताहती) को विस्तृत विवरण आउन बाँकी छ।
अमेरिका र इरानबीच गत फेब्रुअरी २०२६ मा युद्ध सुरु भएयता कुनै व्यापारिक वा तेल ट्याङ्कर समुद्री माइनमा ठोक्किएको यो पहिलो घटना हो।
तनावका क्रममा इरानले हर्मुज जलडमरूमध्य क्षेत्रमा यी समुद्री माइनहरू बिछ्याएको थियो। पछि दुवै पक्षबीच युद्धविराम भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त क्षेत्रबाट माइनहरू हटाउन र जलमार्ग पूर्ण रूपमा सुरक्षित बनाउन आदेश दिएका थिए।
यद्यपि, ओमानको मध्यस्थतामा हर्मुज जलमार्ग खोल्ने र कूटनीतिक सहमति कायम गर्ने प्रयास भइरहेका बेला भएको यो माइन विस्फोटले मध्यपूर्वी क्षेत्रमा पुनः सैन्य तनाव बढाउने र कच्चा तेलको अन्तर्राष्ट्रिय आपूर्तिमा थप असर पुर्याउने खतरा बढेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment