वनमन्त्री शाही जर्मनी प्रस्थान

डिसी नेपाल
१० चैत २०८१ २२:३५
60
Shares

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी त्यसतर्फ प्रस्थान गरेका छन्।

उनी आज साँझ कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। मन्त्री ठकुरीले सम्मेलनमा जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौती र वातावरण संरक्षणमा गरेको योगदानबारे ध्यानाकर्षण गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनी यही चैत १५ गते स्वदेश फर्कनेछन्।

सन् २०१० मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केलद्वारा सुरु गरिएको पिटर्सबर्ग जलवायु संवादमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सफल वार्ताको लागि आधार तयार गर्न वार्षिक रूपमा विभिन्न राष्ट्रबीच छलफल हुँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *