ट्रम्पले आफू पुटिनसँग रिसाएको बताएपछि जेलेन्स्कीले के भने ?

डिसी नेपाल
१८ चैत २०८१ १४:५२
2.2k
Shares

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार राति आफ्नो देशका जनतालाई सम्बोधन गरे।

यस क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीप्रति प्रतिक्रिया दिए।

जेलेन्स्कीले पुटिनलाई कूटनीतिको वास्ता नभएको र युद्ध रोक्न रुसमाथि थप दबाब दिन आवश्यक रहेको बताए।

“विगत केही हप्ताहरूमा अमेरिकाबाट बिना शर्त युद्धविरामको प्रस्ताव आएको छ र लगभग सधैं यी प्रस्तावहरूको प्रतिक्रियामा रूसी ड्रोन, बम, तोपखाना र ब्यालिस्टिक आक्रमणहरू भएका छन्,” जेलेन्स्कीले भने।

जेलेन्स्कीले रुसमाथि थप दबाब दिनुपर्ने बताए। उनले रुसको युद्ध गर्ने शक्ति र युद्ध खोज्ने प्रणालीलाई नष्ट गर्न कडा प्रतिबन्ध लगाउनुपर्ने पनि बताए।

एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका छन्।

ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *