No ads found for this position
No ads found for this position

मुलुकभर ईद उल फित्र मनाइयो

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१८ चैत २०८१ १९:२९
84
Shares
No ads found for this position

काठमाडौं। ईस्लाम धर्मावलम्बीको चाड ईद (ईद उल फित्र) आज मुलुकभर नमाज पढेर खुसी साटासाट गर्दै मनाइएको छ। मुस्लिम समुदायले एक महिनाको ब्रत (रोजा) बस्न तथा दान दक्षिणा दिन सफल भएको खुसियालीमा यो पर्व मनाउने गर्छन्।

आजको दिनलाई ‘ईद उल फित्र’ भनिन्छ। ‘ईद’ को अर्थ खुसी साटासाट गर्नु हो। मुस्लिम समुदायले आज बिहानै उठेर नुहाइधुवाइ गरेर खुला स्थान वा नजिकको मस्जितमा गएर नमाज पढ्ने गर्छन्। नमाज पढेपछि परिवारजन तथा साथीभाईसँग भेटघाट गरेर खुसी सटासाट गर्ने प्रचलन रहेको मुस्लिम अगुवाको भनाइ छ।

ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। यस अवसरमा विभिन्न मिष्टान्न, परिकार खाने र खुवाउने परम्परा रहिआएको छ। मुस्लिम आयोगको अगुवाइ र धार्मिक संस्थासँगको सहकार्यमा काठमाडौंसहित विभिन्न जिल्लाबाट आइतबार साँझ चन्द्रमा देखिएको एकीन गरिएको र आज सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरिएअनुसार भएको आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले जानकारी दिए।

गणतन्त्रको घोषणा भएपछि सरकारले ईदका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ। सरकारी तथ्यांकअनुसार मुलुकमा कुल जनसङ्ख्याको पाँच दशमलव नौ प्रतिशत मुस्लिम समुदायको जनसङ्ख्या छ। तराई/मधेसका रौतहट, कपिलवस्तु, बारा र बाँके तथा पहाडका गोरखा, अर्घाखाँची र कास्कीलगायत जिल्लामा मुस्लिम समुदायको बाहुल्यता छ।

कावा अध्यक्ष अलीले मुस्लिम समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन आयोगले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए। उनले ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गरे। ईदले धार्मिक सहिष्णुतासहित एकता, सद्भाव र मित्रता कायम गर्न प्रेरणा प्रदान गर्ने अलीको विश्वास छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *