No ads found for this position
No ads found for this position

अवैध रूपमा सञ्चालित अस्पतालका व्यवस्थापक पक्राउ

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१८ चैत २०८१ २०:५३
156
Shares
No ads found for this position

महेन्द्रनगर (धनुषा)। मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत सञ्चालनमा रहेकोे जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकस्थित जनकपुर सीता अस्पताल प्रालि बन्द गराउन निर्देशन दिएको थियो।

उक्त निर्देशनविपरीत अस्पताल सञ्चालन गरेको भन्दै व्यवस्थापक मधु महतो र सुभाष मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। अस्पतालले बाहिर बन्द गरेरभित्र सञ्चालन भइरहेको सूचना आएपछि मुख्यमन्त्री सतिषकुमार सिंहको आदेशपछि उनीहरूलाई पक्राउ गरिएको हो।

मुख्यमन्त्री सिंहसहितको टोलीले गत माघ २६ गते गरेको अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीलाई अर्को अस्पतालमा सारेर बन्द गर्न निर्देशन दिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *