जुम्लामा आगलागी
सांकेतिक तस्वीर
जुम्ला। चन्दननाथ नगरपालिका–४ मा एक घरमा भीषण आगलागी हुँदा घर जलेर नष्ट भएको छ। शिवलक्ष्मी न्यौपानेको घरमा आज साँझ ६ बजेतिर भएको आगलागीले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। तीन तल्लाको घरको दोस्रो तल्लाबाट आगलागी भएको थियो।
आगलागी नियन्त्रणमा प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय नागरिक र चन्दननाथ नगरपालकाको दमकल खटिएका थिए। उक्त घरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत विद्यार्थी र अन्य नागरिक भाडामा बस्दै आएका थिए। आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी असिम हमालले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment