‘प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट सकारात्मक र उत्साहप्रद’

डिसी नेपाल
२२ चैत २०८१ २३:१४
100
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भएको भेट दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त रहेको बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘दृढ र अविचलित हुँदा पनि सम्बन्धलाई सुधार गर्न सकिन्छ र मित्रतालाई थप मजबुत बनाउन सकिन्छ भन्ने दृष्टान्त हो।’ उनले छिमेकीबीचको परस्परको विश्वास, समझदारी र सहकार्य नै आर्थिक समृद्धिको बाटो हुने उल्लेख गरेका हुन्।

‘छिमेकीहरु बीचको परस्परको विश्वास, समझदारी र सहकार्यका माध्यमबाट क्षेत्रीय शान्ति र त्यसका माध्यमबाट आर्थिक समृद्धि अबको बाटो हो भन्ने कुराले नै भविष्यमा एसिया पुनः विश्व सभ्यताको केन्द्र बन्न सफल हुनेछ’, उनले भने।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि आज थाइल्याण्डको बैड्ककमा उनीहरूबीच भेटवार्ता भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *