शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी
काठमाडौं। काठमाडौंमा दुइ साता देखी आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्दय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहलकदमी लिएका छन्।
विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पहलकदमी लिएका हुन्।
शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहे पनि प्रभावकारी हुन नसके पछि थापा र शर्मा सक्रिय भएका हुन्।
शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौंमा शिक्षकहरूको आन्दोलनरत छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment