वर्षाले नेपाल र अफगानिस्तानबीचको खेल प्रभावित

डिसी नेपाल
६ वैशाख २०८२ १०:१८
232
Shares

काठमाडौं। आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हुने उक्त खेल शनिबार विहानैदेखिको वर्षाका कारण प्रभावित भएको हो। विहान साढे ९ बजेदेखि सुरु हुने तय भएको खेल वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ हुने भएको छ। अहिले वर्षा रोकिएको छ र मैदान सुकाउने काम भइरहेको छ।

नेपाल र अफगानिस्तानबीच आज निर्णायक खेल हुँदै छ। आजको खेलमा नेपालले जित हासिल गरेमा नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ। तर आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जितेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *