नेपाली क्रिकेटकसँग जोडिन पाउँदा उत्साहित छु : प्रशिक्षक स्टुअर्ट
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताएका छन्।
शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाले नेपाली युवा खेलाडीको प्रतिभा देखेर आफुले नेपालको प्रशिक्षकका लागि आवेदन दिएको उल्लेख गर्दै नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताए।
उनले सवैको मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याउनु भएको र त्यसमा ध्यान केन्द्रीत गर्ने उल्लेख गरे। नेपालमा व्यावसायिक क्रिकेट संरचना र अभ्यास सुविधा निकै राम्रो देखिएको उनले बताए। उनले अहिले क्रिकेट टीममा व्यापक परिवर्तन भन्दा पनि खेलाडीलाई दिनुपर्ने भूमिकामा स्पष्टता देखिएको जिकिर गरे।
त्यस्तै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले अहिले नै प्रशिक्षकलाई धेरै बोझ दिने भन्दा पनि एकदिवसीय मान्यतामा ध्यान केन्द्रीत गर्नुपर्ने बताए। नयाँ प्रशिक्षकसंग रहेर नेपाली टीमले राम्रो नजिता निकाल्ने उनले बताए।
खड्काले नेपाली क्रिकेटमा राम्रो जग बसाल्नका लागि क्रिकेट संघ लागिपरेको धारणा राखे। नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले शनिबारबाटै जिम्मेवारी सम्हाल्दै राष्ट्रिय क्रिकेट टोलीसँग प्रशिक्षणमा समेत सहभागी भएका छन्। नेपाली टोली आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारीमा रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment