पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्न ठाकुर गैरेको माग
काठमाडौं। नेकपा (एमाले) का नेता एवं प्रतिनिध सभा सदस्य ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले कानुनी राज्यको उपहास गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
पूर्वराजा ज्ञानेन्द्रले भारतको जम्मू-काश्मीरस्थित पहलगाममा भएको आतंकरी हमलामा मृत्य भएकाहरुको परिवारप्रति समवेदना प्रकट गर्ने सन्दर्भमा सार्वजनिक गरेको विज्ञप्तिलाई लिएर नेता गैरेले आपत्ति जनाएका हुन्। नेता गैरेले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भनेर लेखिनु नेपालको संविधान र संसदको सर्वोच्चताको विरुद्धमा हुने बताए।
‘नेपालको आजको व्यवस्थामा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाहदेव’ भन्ने कहाँ छ? यो लेख्न कसरी सकिन्छ? पाइन्छ कि पाइँदैन। यो संसद्को सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन? त्यो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन?’ प्रश्न गर्दै उनले भने।
पूर्वराजा ज्ञानेन्द्र र उनका संवाद सचिव रहेका डा.फणिन्द्रराज पाठकलाई तत्काल कानुनी कारबाही गरिनुपर्ने नेता गैरेको माग छ। ‘संवाद सचिवको रुपमा नाम रहेका फणिन्द्रराज पाठक र यो समवेदना लेख्नका लागि बक्सने ज्ञानेन्द्र शाहलाई नेपालको संविधान र कानुनबमोजिम तत्काल कारबाही गरियोस्,’ उनले भने।
No ads found for this position



डिसी नेपाल
बकम्फुसे नेताहरु 😡😡😡