आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

डिसी नेपाल
२२ वैशाख २०८२ १७:५२
632
Shares

काठमाडौं। स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आइतबार देखि उनीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो। योसँगै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउनेछन्।

२०७९ पुस ९ गतेदेखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिताका क्रममा आलममाथि स्पट फिक्सिङको आरोप लागेका आलमलाई एन्टी करप्सन कोड बमोजिम कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *