नेप्से परिसूचक १२ अंकले घट्यो

डिसी नेपाल
२५ वैशाख २०८२ १६:०९
36
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १२ दशमलव शून्य चार अंकले घटेर दुई हजार छ सय ६१ दशमलव ६४ को विन्दुमा कायम भएको हो।

आज तीन सय १५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव १४, लगानी शून्य दशमलव शून्य चार, लघुवित्त शून्य दशमलव १३, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार दुई र अन्य समूहको उपसूचक एक दशमलव ८१ प्रतिशतले घटेको छ।

आज सबैभन्दा बढी वित्त समूह चार दशमलव ३० प्रतिशतले बढेको छ। त्यस्तै जलविद्युत् शून्य दशमलव शून्य तीन, जीवन बिमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७ र म्युचुअल फण्ड शून्य दशमलव शून्य सात प्रतिशतले बढेको छ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। आज कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रू ७८ करोड ४५ लाख ९६ हजार चार सय १३ बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *