हत्या गरेको अभियोगमा २ जना पक्राउ

डिसी नेपाल
२८ वैशाख २०८२ १४:४२
288
Shares

खोटाङ। आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो ।

विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

उता, झापामा आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका–२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई प्रहरीले पक्राउ गरेको हो।

कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *