गौतम बुद्ध : शान्ति र आत्मज्ञानको प्रेरणा

बंशीकुमार शर्मा
२९ वैशाख २०८२ १०:४७

हिन्दू धर्मशास्त्रअनुसार ब्रह्मा, विष्णु र महेश्वर एकै परब्रह्मका तीन रूप हुन्। ब्रम्हा, विष्णु र महेश्वर तीन रुप एक हुन्। सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, र संहारकर्ता महेश्वर एक रूपका तीन अंग हुन्। यीमध्ये पालनकर्ता विष्णुले पृथ्वीमा विभिन्न अवतार लिने उल्लेख पुराणहरूमा पाइन्छ।

विष्णुका दश अवतारमध्ये नवौं अवतारका रूपमा गौतम बुद्धलाई चित्रण गरिएको छ। विष्णु पुराण, भागवत पुराण, हरिवंश पुराण, पद्म पुराण, लिंग पुराण, गरुड पुराणलगायतका शास्त्रहरूमा बुद्ध अवतारको वर्णन पाइन्छ।

भगवान विष्णुका दश अवतारहरुमा मस्य अवतार, कूर्म अवतार, बराह अवतार, नृसिंह अथवा सिंह अवतार, वामन अवतार, परशुराम अवतार, राम अवतार कृष्ण अवतार, बुद्ध अवतार र कल्की अवतार हुने भनि शास्त्रमा लेखिएको छ।

गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। जन्मपछि आमाको निधन भएपछि उनलाई सौतेनी आमा महाप्रजापति गौतमीले पालनपोषण गरेकी थिइन्, जसका कारण ‘गौतम’ नाम रहन गएको मानिन्छ। अर्कोतर्फ, ऋषि गौतमका वंशज भएकाले पनि उहाँलाई गौतम भनिएको उल्लेख श्रुति-स्मृतिमा पाइन्छ।

गौतम बुद्धको जन्म ईशा पूर्व ५६३ बैशाख शुक्ल पूर्णिमाको दिन लुम्बिनीको कपिलबस्तुमा भएको थियो। सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा थिए। उहाँकी आमाको नाम मायादेवी थियो।

सिद्धार्थ संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारणको खोजीको लागि २९ वर्षको उमेर गृह त्याग गरी सात वर्षसम्म कठोर तपस्या पश्चात् भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठान पूर्वक ध्यान गर्दा गर्दै उहाँलाई ज्ञान प्राप्त भयो र त्यसपछि उहाँलाई सम्यक सम्बुद्ध भनेर चिनिन थालियो।

त्यसपछि उहाँले नेपाल र भारतका विभिन्न ठाउँ पुगी दुःख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न लागिपर्नु भयो। उहाँको मृत्यु भारतको कुशीनगरमा ईशापूर्व ४८३ को बैशाख शुक्ल पूर्णिमाको दिनमा अर्थात् जन्मदिन भएको तीथिमा नै भएको थियो।

उहाँले ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको हो। बौद्ध धर्मालम्बी र हिन्दु धर्मालम्बी दुवैले बुद्धलाई भगवानको रुपमा पुज्दै आएका छन्।

गौतम बुद्ध जन्मिएको स्थान कपिलवस्तुदेखि ज्ञान प्राप्त गरेको स्थान बोधगया, मृत्यु भएको स्थान भारतकै कुशीनगर सवैलाई वैदिक सनातनी हिन्दु धर्मालम्वी र सनातनि वौद्ध धर्मालम्वीहरुले पबित्र स्थानको रुपमा लिने गर्दछन् त्यस क्षेत्रलाई तीर्थको रुपमा लिएर ध्यान, जप, यज्ञ, पूजा, अर्चना गर्ने गरिन्छ ।

पौराणिक कथामा सिद्धार्थ गौतम शान्त तथा चिन्तनशील स्वभावका भएको शास्त्रहहरुमा उल्लेख गरिएका पाइन्छ छ। उहाँले रोग लाग्नु, बृद्ध हुनु तथा जन्मेपछि मृत्यु हुने कार्यले उहाँलाई चिन्तित बनाएको थियो।

यसको निराकरणको लागि २९ वर्षको उमेरमा राजदरबार, पत्नी (यशोदा) र पुत्र (राहुल), राज परिवार सबैलाई त्यागेर सत्यको खोजीमा दरबारबाट बाहिर निस्कनु भएको थियो। यस कार्यलाई महाभिनिष्क्रमण भनिन्छ। उहाँले गृह त्याग पनि वैशाख पूर्णिमाका दिन भएको थियो।

वैशाख पूर्णिमाका दिन बुद्धको जन्म, ज्ञानको खोजिमा निस्कनु, बुद्धत्व प्राप्त हुनु तथा सोही दिन बुद्धको मृत्यु समेत हुनुले यस दिनले बुद्धका सबै पक्षसँग सम्बन्धित भएकोले पनि यसको विशेष महत्व रहेको पाइन्छ।

बुद्धले ज्ञान प्राप्त गरेपछि बुद्ध धर्म फैलिँदै गयो। आज संसारका धेरै मुलुकहरुमा यस धर्मका अनुयायीहरु छन्। गौतमबुद्ध कै सम्झनामा वर्षेनि बुद्ध जयन्ती मनाउने गरिन्छ।

नेपालमा बुद्ध जन्मेको ठाउँ लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरुले विशेष उत्सवका साथ मनाउने गर्दछन् भने हिन्दू धर्मावलम्बीहरुले विष्णुकै अवतारको रुपमा गौतम बुद्धलाई पुज्ने गर्दछन् र उनीहरुले पनि धुमधामका साथ गौतमबुद्धलाई पूजाआजा गर्ने गर्दछन्।

बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बी दुवैले बुद्धलाई भगवानको रूपमा पूज्दै आएका छन्। लुम्बिनी, बोधगया र कुशीनगरलाई तीर्थको रूपमा मानिन्छ, जहाँ ध्यान, जप, यज्ञ, पूजा, अर्चना गरिन्छ।

लुम्बिनीमा बुद्ध जयन्तीको अवसरमा विशेष उत्सव मनाइन्छ-बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिकाहरू तथा श्रद्धालुहरू मिलेर बाजागाजा सहित जात्रा गर्ने परम्परा छ। बुद्धलाई विष्णुको अवतारका रूपमा मान्ने हिन्दू धर्मावलम्बीहरू पनि यस दिन विशेष पूजाआजा गर्दछन्। यसरी बुद्ध जयन्तीले धर्म, संस्कृति र आस्थालाई एकै सूत्रमा बाँध्ने कार्य गरेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *