सुनको मूल्य बढ्यो

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment