महालेखा प्रतिवेदन

सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

डिसी नेपाल
३१ वैशाख २०८२ १६:१३
156
Shares

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारी मन्त्रालयतर्फ सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको छ।

बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी अर्थको ७०.६१ प्रतिशत बेरुजु रहेको देखाएको हो।

दोस्रो नम्बरमा रहेको भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयको बेरुजु १३.४८ प्रतिशत रहेको छ।

रक्षा मन्त्रालयको ३.५० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु ३.१६ प्रतिशत र परराष्ट्र मन्त्रालयको २.२१ प्रतिशत बेरुजु रकम रहेको महालेखाले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १.८७ प्रतिशत बेरुजु देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *