No ads found for this position
No ads found for this position

नेपाल ६ विकेटले विजयी

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ जेठ २०८२ १६:४४
496
Shares
No ads found for this position

काठमाडौं। आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो। उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाए भने बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिइन्।त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो।

समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर–३ को सभ्भावनालाई जिवितै राखेको छ। पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ। जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *