रनरेटमा पछि परे पनि नेपाल विश्वकप छनोटको सुपर ३ मा प्रवेश

काठमाडौं । नेपालको महिला टोली टि–२० विश्वकपको एसिया क्षेत्रीय छनोटको सुपर ३ मा प्रवेश गरेको छ । आजका लागि निर्धारित बहराइन र हङकङको खेल वर्षाका कारण नतिजाविहीन भएपछि नेपाल सुपर ३ मा प्रवेश गरेको थियो ।
४ खेलमा २ जित एक हार र एक खेल नतिजाविहीन रहेको नेपालको ५ अंक छ । ४ खेलमा १ जित र ३ खेल नतिजाविहीन भएको हङकङको पनि ५ अंक नै छ । हङकङको एकमात्र खेलमा नतिजा आएको थियो जुन खेलमा उसले नेपाललाई नै हराएको थियो ।
अंक तालिकामा हङकङ र नेपालको समान ५ अंक र नेट रनरेटमा हङकङ अगाडि छ । तर, नेपालले २ खेल जितेको र हङकङले एउटा मात्र खेल जितेका आधारमा नेपालको जित धेरै भएकोले नेपाल अंक तालिकाको शीर्ष स्थानमा रहेको हो ।
९ टोली सहभागी प्रतियोगिताको समूह चरणको एउटा खेलको नतिजा आउन अझै बाँकी छ तर सुपर ३ को समीकरण भने पूरा भइसकेको छ । नेपाल समूह सीको विजेता बन्दै सुपर ३ प्रवेश गरेको छ भने समूह एबाट थाइल्याण्ड तथा समूह बीबाट युएइ सुपर ३ मा प्रवेश गरेका छन् ।
अब सुपर ३ पुगेका तीनवटै टिमले एक आपसमा खेल्नेछन् । यी खेलपछि शीर्ष २ टिम विश्वकपका लागि छनोट हुनेछन् । सुपर ३ मा नेपालले आगामी सोमबार युएइसँग र mंगलबार थाइल्याण्डसँग खेल्नेछ ।
Facebook Comment