चाईनापुलबाट सेति नदिमा हाम्फालेका युवकको उद्दार

डिसी नेपाल
२ जेठ २०८२ २२:०७

काठमाडौं। शुक्रबार पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेति नदिमा हाम्फालेका एक युबकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ।

नाम वतन नखुलेको अन्दाजी २०र२१ वर्षको युवक आत्महत्याको लागि हाम फालेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरि बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरि उद्दार गर्न सफल भएको सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अन्दाजी १०० मिटर तल सेति नदीको खोंचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *