छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

डिसी नेपाल
१३ जेठ २०८२ १७:१३
1.1k
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जनाको शव फेला परेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१२ क्याम्पस चोकस्थित जयन्ती सेक्युरिटी कम्पनी प्रदेश कार्यालयमा कार्यरत मोरङ घर भएका ५० वर्षीय यान बहादुर खुलाल सोही कार्यालयको छेउमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

यसैगरी धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ स्थित अग्नि कुण्ड पोखरीमा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

धनकुटाको पाख्रीबास नगरपालिका-९ धर्मशालास्थित हिले छिन्ताङ सडक छेउमा धनकुटा नगरपालिका-१० बस्ने ४६ वर्षीय जित बहादुर नेपाली मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पर्साको ठोरी गाउँपालिका-१ चौतारास्थित फुटबल खेल मैदानको स्टेजमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको बोदेबरसाईन नगरपालिका-८ काचन बस्ने ३५ वर्षीय अरूण कुमार दास सोही ठाउँस्थित आँपको रूख मुनि मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *