मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी तथा विरोध जुलुस

डिसी नेपाल
१३ जेठ २०८२ १७:४३
160
Shares

जनकपुर । कजनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध सहिद परिवारका सदस्यहरुले नाराबाजी गर्नुका साथै विरोध जुलुस निकालेका छन्।

विभिन्न माग राख्दै हिजो (सोमबार)देखि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मधेश प्रदेशका आठवटै जिल्लाका सहिद परिवारका सदस्यहरुले आज प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका हुन्। जनकपुरधामको मुख्य चोकहरुको परिक्रमा गर्दै जनक चोकमा कोण सभा गरेका छन्।

उनीहरुले मधेशी सहिद प्रतिष्ठानमा तत्काल सदस्य नियुक्त गर्नुपर्ने, सहिद परिवारका सदस्यहरुका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य बिमा लागु गर्नु पर्ने, एक परिवार एक रोजगारी दिनुपर्ने र सहिद परिवारका छोराछोरीलाई शिक्षामा छात्रवृति दिनुपर्ने माग राखेका छन्।

विगतमा आफ्ना समस्या सुनाउन पटक पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेट्न जाँदा उनीहरूले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहिद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाएका छन्।

उनले सहिद परिवारलाई अहिलेको जनमत नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरे। मधेश सरकारले आफूहरूको माग पूरा नगरे जिल्ला मुख्यमन्त्रीदेखि अन्य मन्त्री र नेताहरुलाई जिल्ला प्रवेश गर्न नदिने उनले चेतावनी दिएका छन्।

पटेलले शान्तिपूर्ण आन्दोलनले सरकार नजागे आमरण अन्सनमा बस्ने चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *