सञ्चार, पर्यटन, वन र शिक्षा मन्त्रालयमध्ये वनलाई सर्वाधिक बजेट
काठमाडौं । सरकारले सञ्चार क्षेत्रको विकास र विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको जनकारी दिए।
यसैगरी सरकारले पर्यटन मन्त्रालयको लागि यो वर्ष १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न चार अर्ब रुपैयाँ भन्दा छुट्याएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयका लागि आवश्यक बजेट विनियोजन गरेको छ। वन तथा वातावरण मन्त्रालयका लागि सरकारले १८ अर्ब ६१ करोड बजेट विनियोजन गरेको छ।
यसैगरी सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ अर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment