नेप्सेमा उच्च अंकको गिरावट

डिसी नेपाल
२० जेठ २०८२ १६:१९
108
Shares

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक ३५ दशमलव ७३ अंकले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो। यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो।

आज तीन सय १५ कम्पनीको एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ७५ हजार ५०८ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै बैंकिङ समूह दुई दशमलव ३४ र होटल तथा पर्यटन समूह दुई दशमलव १२ प्रतिशतले घटेको छ। त्यस्तै, विकास बैंक एक दशमलव १४, वित्त शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ९६, लगानी एक दशमलव २९ र जीवन बिमा समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ।

यसैगरी, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त एक दशमलव २७, म्युचल फन्ड शून्य दशमलव ०१, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ३७ र अन्य समूह शून्य दशमलव ९८ प्रतिशतले घटेको छ।

आजको कारोबारमा प्युअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका शेयर मूल्य चार दशमलव ३८ प्रतिशतले घटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *