सर्वसाधारण भन्छन् : निर्मलाको हत्या गर्नेको आत्माले कहिले शान्ति पाउँदैन

काठमाडौं। ‘न्याय नपाए गोर्खा जानु’ भन्ने भनाइ नेपाली समाजमा अहिले पनि विद्यमान छ। तर वर्तमान परिदृश्यमा उक्त भनाइ कति सान्दर्भिक र व्यवहारिक छ भनेर मूल्यांकन गर्न निर्मला पन्त प्रकरणलाई हेरे पुग्छ।
अन्यायमा परि न्यायको आशमा जीवन व्यथित गरिरहेका कयाैं घटना छन्। ति घट्नाहरुबाट गोर्खा जाने प्रसंगसँग मेल खाँदैन्। यस्तै एउटा बिर्सिनै नसक्ने घटना हो निर्मला पन्त हत्या प्रकरण।
२०७५ साल कञ्चनपुरको भीमदत्त नगरपालिका-२ मा १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरिएको थियो। उक्त घटनालाई लिएर न्यायको आशामा देशभरका जनताले आवाज उठाएका थिए। आज सात वर्ष पुग्दा पनि ती आवाज सम्बधित निकायले सुन्न नसकेको सर्वसाधरणहरु बताउँछन्।
सरकारले निर्मलालाई बिर्सेपनि आफूले बिर्सिन नसकेको भन्दै यस विषयमा एकोहोरो लाग्नुपर्ने गृह मन्त्रालयले वेवास्था गरिरहेको कानुनका विद्यार्थी अजय पौडेल बताउँछन्। उनले सरकार परिवर्तन भइरहने खेलले गर्दा पनि यसको टुङगो लाग्न नसकेको बताए।
‘सरकार स्थिर हुन सकेको छैन। सरकार परिर्वतन भइरहेको छ। सरकार स्थिर भएको भए एउटा निर्णय हुने थियो। त्यसबेला गृहमन्त्रीले राजीनामा दिनपर्यो भन्ने खालका कुराहरु आएका थिए तर नेताहरुले भन्ने एउटा र गर्ने अर्को रहेको छ। त्यसैले निर्मला हत्याकाण्डमा न्याय दिन नसक्नु भनेको न्यायको वहिस्कार गरे सरह नै हो। यस विषयमा गृह मन्त्रालय एकोहोरो लाग्नुपर्ने हो तर वेवास्ता गरिरहेको छ,’ उनले भने।
लामो समय बितिसक्दा पनि निर्मला जस्तै अरु थुप्रै किशोरीहरुले न्याय पाउन नसकेको भन्दै अझै सरकारप्रति आशा जीवित रहेको सल्लु तिवारी बताउँछिन्।
उनले भनिन्, ‘न्याय त पाउनुपर्ने हो तर न्याय पाउन नसक्नु दुर्भाग्यजस्तो लाग्छ। प्रमाण नै नष्ट गरिसकेको हो कि। निर्मला जस्तै अरु थुप्रै यस्ता केसहरु छन् कसैको पनि पहिचान खुलाउन सकेको छैन। तर पनि सरकारप्रति आशा राखेका छौँ। सत्य तथ्य पहिचान बाहिर निकाल्न सकोस्। कानुन अंन्धो हुन्छ उसले प्रमाण हेर्ने हो नि।’
पीडितले न्याए पाउनैपर्ने र त्यसको लागि फेरि आवाज उठाउनुपर्ने समय आएको एक विद्यार्थी बताउँछन्। सङखुवासभा खादवारीका काजी बहादुर घिमिरे निर्मला जस्ता युवतीहरु आज विदेशमा अलपत्र परी बेचिएको बताउँछन्। जिवित हुँदा स्वदेशमा न्याय नपाउने अनि विदेशमा झन नेपाली महिलाको विजोग भइरहेको अवस्था छ।
उनले भने, ‘निर्मला जस्ता सयौं निर्मलाहरु यहाँ बितिसकेका छन्। हाम्रा नेताहरुले परिवर्तनका नाममा जनतालाई अल्मलाइरहेका छन्। निर्मलाजस्ता युवतीहरु विदेशमा अलपत्र परेका, कोही विदेशमा मारिएका, कोही बेचिएका छन्। स्वदेशमा त न्याय पाउँदैनन् भने त्यो विदेशका नेपालीहरु के न्याय पाउलान् र।’
उनले नेतृत्वको कमजोरीका कारण जनताले आफ्नो छाती खुम्चाएर बस्नु परेको भन्दै अन्यायमा परेकाले न्याय नपाउँदा दुःख लागेको बताए।
यसैगरी अछाम घर भएका राजेश कुमार शाहीले राज्यले न्याय दिने आश्वासन मात्र दिएको भन्दै अपराधी जोगाउने काम गरेको बताए।
उनले भने, ‘आफ्नै क्षेत्रकी चेली हुन। आजको मितिसम्म न्याय पाउन सकेकी छैनन्। राज्यले गर्छु भनेर आश्वासन मात्र दिएको छ। जनतालाई चित्त बुझदो जवाफ दिन सकेको छैन। राज्यले जुन अनुसन्धान गर्नुपर्ने हो त्यस्तो अनुसन्धान गर्न सकेको छैन। यो भ्रष्टहरुको राज्य हो, दोषीहरुलाई मात्र जोगाउने काम गरिरहेका छन्।’
यस्तै, रामेछाप लिखुतामाकोशी गाउँपालिकाका जनप्रनितिधि समेत रहेका शिवप्रसाद न्यौपानेले अपराध गर्ने मान्छे अपराधको घेराभित्र आउन पर्ने बताउँछन्।
‘न्याय पाउनपर्ने हो। सत्यतथ्य छानविन हुनुपर्ने हो भएन्। ठूलाहरुको खेलमा सानातिनाको केही लाग्ने रहेनछ। जसले हत्या गर्यो त्यसको आत्माले कहिले शान्ति पाउने छैन। अपराध गर्ने मान्छे अपराधको घेराभित्र आउनपर्छ,’ उनले भने।
Facebook Comment