राजनीति एमालेबाटै, राष्ट्रपति एमालेबाटै भएँ, राजनीतिमा एमालेबाटै आउने हो : विद्या भण्डारी

बिराटनगर। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताएकी छन्। विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन्।
उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन्। भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन्।
उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन्। एमालेको संगठित सदस्य लिनु भन्दा अगाडिदेखि नै पार्टीमा काम गरेको र सवैसँग चिनजान रहेकाले आफूलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उनले बताइन्।
भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटी र त्यसका नेताहरुसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन्।
त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताए। अहिले पार्टी र पार्टीको बिचमा देखिएको विश्वासको संकट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ।
Facebook Comment