राजनीति एमालेबाटै, राष्ट्रपति एमालेबाटै भएँ, राजनीतिमा एमालेबाटै आउने हो : विद्या भण्डारी
बिराटनगर। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुटगत राजनीति नगरेको बताएकी छन्। विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको र गुटगत राजनीति समेत नगरेको बताएकी हुन्।
उनले आफूले गुटबन्दी गरेर हिँडेको भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नै नसक्ने समेत उल्लेख गरिन्। भण्डारीले आफ्नो राजनीतिक जीवन नै एमालेबाटै सुरु भएको र राष्ट्रपति पनि एमालेबाटै भएकाले राजनीतिमा आउँदा एमालेबाटै आउने स्पष्ट पारिन्।
उनले कुनै पनि कार्यक्रममा जानको लागि र आफ्ना बिचार राख्नको लागि आफू स्वतन्त्र रहेको समेत बताइन्। एमालेको संगठित सदस्य लिनु भन्दा अगाडिदेखि नै पार्टीमा काम गरेको र सवैसँग चिनजान रहेकाले आफूलाई कार्यक्रममा बोलाउनु स्वभाविक रहेको उनले बताइन्।
भण्डारीले जनताको राष्ट्रिय आकांक्षा बुझ्न एमालेको कमिटी र त्यसका नेताहरुसँग अनुमति लिन आवश्यक नरहेको उल्लेख गरिन्।
त्यस्तै पूर्वराष्टपति भण्डारीले देशमा वामपन्थीहरुको एकताको सम्भावना नदेखेको बताए। अहिले पार्टी र पार्टीको बिचमा देखिएको विश्वासको संकट देखिएको अवस्थामा राष्ट्रिय एकताको विषयमा राम्रोसँग छलफल गरेर अघि बढ्दा राष्ट्रलाई राम्रो हुने उनको भनाइ छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment