सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस

डिसी नेपाल
२७ जेठ २०८२ १८:३२
844
Shares

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ।

वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम सिफारिस गरिएको परिषद्‍का सचिव यमबहादुर बुढामगरले डिसी नेपाललाई जानकारी दिए।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गर्दै उनीहरूको नाम संसदीय सुनुवाइका लागि पठाइसकेको छ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्। सर्वोच्चमा चार न्यायाधीश पद खाली भए पनि अहिले तीन जना मात्रै नियुक्तिका लागि सिफारिस भएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *