देउवाका छोराको सम्पत्तिमाथि प्रश्न उठाउँदा पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

डिसी नेपाल
२८ जेठ २०८२ ११:२०
5.2k
Shares

काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

पत्रकाट पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अर्थात साइबर क्राइमको कसूर गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको बताइएको छ । यद्यपि कसको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जी मागेको थियो भन्ने स्पष्ट भइसकेको छैन ।

यद्यपि पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमा गरेको पोस्टमा आपत्ति जनाउँदै काठमाडौंको नक्सालस्थित हिल्टन होटलले लिखित विज्ञप्ति नै जारी गरेर कानुनी कारवाही गर्ने चेनावनी दिएको हुँदा यो पक्राउ पुर्जी त्यही विवादसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

यो सामग्रीमा पाठकले हिल्टन होटलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर पनि जोडिएको दाबी गर्दै जयवीरको सम्पत्तिमाथि प्रश्न उठाएका थिए । उनले जयवीरको सम्पत्तीको वैधतामाथि आशंका व्यक्त गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *