बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याउन आवश्यक : सभामुख

डिसी नेपाल
२८ जेठ २०८२ ११:५७

काठमाडाैं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याउन सके प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनिकरण गर्न सकिने बताएका छन्।

हिकारु गौतम फाउण्डेशनले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले हरेक बर्ष प्राकृतिक प्रकोपबाट नेपालमा ठूलो धनजनको क्षति हुने गरेको भन्दै बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्‍याउन सके क्षति न्यूनिकरण गर्न सकिने बताएका हुन्। उनले अहिले नेपालले जलवायु परिवर्तनको असर गम्भीर रुपमा भोगनुपरेको उल्लेख गरे।

सभामुख घिमिरेले बिपद् न्यूनिकरणका लागि सरकारले गरेको प्रयत्नले मात्रै नपुग्ने भन्दै यसमा सबैबीच सहकार्य आवश्यक रहेको जिकिर गरे।

सिमलतालमा डुवेका बसहरु र गृहमन्त्री भइसकेका माधव घिमिरेसहितको जिप डुवेको घटना अझै पत्ता लाग्न नसक्ने खालका अप्ठेरो प्राकृतिक बिपद भोग्नु परेको उनले बताए।
कार्यक्रममा हिकारु गौतम फाउण्डेशनले सशस्त्र प्रहरी बलको गोताखोर इकाइलाई पानी खोज तथा उद्धार उपकरणहरु हस्तान्तरण गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *