चितवनकी ‘पूजा’ लाई चिडियाखाना ल्याइयो

डिसी नेपाल
२८ जेठ २०८२ १२:५७

काठमाडाैं। चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थीत राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ।

दुई वटा गैंडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयानुसार करिब ३० महिनाको पोथी गैंडा (पूजा)लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो। केही दिनअघि २३ महिनाको एउटा भाले गैंडा (माइला) लाई सदर चिडियाखाना ल्याइएको थियो।

पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो।

जैविक विविधता संरक्षण केन्द्र सौराहामा गैडाको हेरचाह गर्दै आएका लालबहादुर महतराले आफुले हुर्काएका ६ वटा गैडा मध्ये दुई वटा सौराहा, दुई वटा कोशी र दुई वटालाई चिडियाखानामा ल्याइएको बताए।

पूजालाई यसअघि नै माइलासंगै ल्याउने तयारी गरेपनि खोरमा जान नमानेपछि छुट्टाछुट्टै ल्याइएको महतराले बताए। यससँगै अब सदर चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *