‘एक साताभित्रै मनसुन सक्रिय हुनेछ’
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ।
यस वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कडेलले बिहीबारबाट देशव्यापी रुपमा वर्षाका गतिविधि वृद्धि हुँदै गएको जानकारी दिइन्। केहि दिन सवै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको उनले बताइन्। उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन्।
कडेलले यस वर्ष देशभर वर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढी मापन हुने सम्भावना देखिएको उल्लेख गरे।
उहाले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि सर्वसाधारणले समेत मौसमको जानकारी लिनुपर्ने बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment