भिजिट भिसा प्रकरणमा रास्वपा आफ्नै प्रस्तावबाट पछि हट्यो : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेको आरोप लगाएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले रास्वपाको प्रस्ताव अनुसार नै सरकारले भिजिट भिसा प्रकरणको छानविन गर्ने प्रतिवद्धता जनाउदा अन्तिममा रास्वपा पछि हटेको आरोप लगाएका हुन्।
आफूले ल्याएको प्रस्तावबाट रास्वपा पछि हटेपछि समयमा नै बजेट पारित गर्न सदन चलाउनुको विकल्प नभएको उनले बताए।
घिमिरेले सदनलाई अघि नवढाए बजेट पारित गर्न असफल हुने देखिएकाले रास्वपाको विरोधका बाबजुत सदनलाई अघि बढाइने धारणा राखे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment