दुर्घटना न्यूनिकरणका लागि यातायात व्यवसायीको भूमिका महत्त्वपूर्ण : शेर बहादुर देउवा

डिसी नेपाल
१ असार २०८२ १९:०२
44
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनिकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।

आइतबार पार्टी कार्यालय सानेपामा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोश्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको अवस्थामा सडक, दुर्घटना न्यूनिकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्।

व्यवसायीक हकहितको सुरक्षासंगै आम नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गराउने साझा दायित्व भएको उनले बताए।

सभापति देउवा यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ एकतावद्ध प्रयास गर्नुपर्ने भन्दै यसमा कांग्रेसले पहल गर्ने प्रतिवद्धता जनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *