मलामी गएका किशोरको मृत्यु

डिसी नेपाल
२ असार २०८२ २२:१०
100
Shares

दैलेख। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको डुबेर मृत्यु भएको छ। रतिखोला घाटमा पौडी खेल्ने क्रममा उनको मृत्यु भएको हो।

डुबेर बेहोस भएका उनलाई प्रहरी र स्थानीयले उद्धार गरेर दैलेख अस्पताल पुर्याएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

घाँस काट्न गएकी गुराँस गाउँपालिका–४ मैलारीकी महिला ४१ वर्षीया टीका बिसीको शनिबार लडेर मृत्यु भएको थियो। खड्का उनको मलामी गएको थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *