भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

डिसी नेपाल
२२ असार २०८२ १०:२६
152
Shares

भोजपुर। रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ।

गए राति भोजपुर नगरपालिका-२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय सालो सपन गिरीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार घटनापश्चात राई आफैंले आज बिहान प्रहरीलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएका थिए। राईको पनि पेटमा गहिरो चोट लागेको छ।

जिल्ला अस्पतालमा उपचारपश्चात थप उपचारका लागि उनलाई बाहिर रेफर गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले घटनास्थल पुगेर शवको मुचुल्का उठाइरहेको छ।

आरोपित राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएको रामप्रसादराई-२ का वडासदस्य जीवन जर्गा मगरले जानकारी दिए। घरायसी विवादका कारण घटना भएको हुनसक्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *