करेन्ट लागेर एक जनाको मृत्यु
भद्रपुर (झापा) । यहाँको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिमीलाई आज साँझ ७ बजे घर नजिकै रहेको आफ्नै खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो।
स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएका थिए। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खड्काले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment