मितेरी पुल निर्माण गरि आवागमन सूचारु गर्न चीनसँग समन्वय गरिने

डिसी नेपाल
२५ असार २०८२ १९:०१
104
Shares

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल निर्माण गरि आवागमन सूचारु गर्न चीनसँग समन्वय गर्ने जनाएको छ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सुचारु गर्न चीनसँग समन्वय गर्ने निर्णय भएको जनाए।

उनले बाढीका कारण वेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाइएको जानकारी दिए। बाढीका परि ९ जनाको शव फेला परेको र १९ जना बेपत्ता रहेको उनले बताए।

भट्टले रसुवागढी क्षेत्रमा मात्रै ३८३ सुरक्षाकर्मी परिचालन गरि ५७ जनाको तत्कालै उद्दार गरिएको जिकिर गरे। बाढीले २४ वटा कन्टेनर, ३५ वटा विधुतीय गाडी, ६ वटा ट्रक बगाएको उनले जानकारी दिए।

उनले भोटेकोशी नदीमा अत्याधिक वर्षा भएर नभइ अन्य कारण नै बाढी आएको देखिएको भन्दै थप अध्ययन भइरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *