रुपन्देही-३ मा उम्मेदवार बन्न रास्वपाद्वारा आवेदन आह्वान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि आवेदन आह्वान गरेको छ।
पार्टीको सचिवालय बैठकले उम्मेदवार छनोट कार्यविधि स्वीकृत गर्दै केन्द्रीय समिति सदस्यलाई रायका लागि पठाइएको प्रवक्ता मनीष झाले बताए।
इच्छुक व्यक्तिबाट प्राप्त आवेदनको मूल्यांकन गरेर कार्यविधि अनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गरिने उनको भनाइ छ।
त्यस्तै, उपनिर्वाचन सम्बन्धी सबै कार्यको नेतृत्व गर्ने गरी सहमहामन्त्री विपिन कुमार आचार्यलाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment