दुई वटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
२९ असार २०८२ ७:४९
48
Shares

काठमाडौं। आज संघीय संसद अन्तर्गतको दुई वटा समितिको बैठक बस्दै छ ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ।

बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन,मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१-०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरुमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै बिहान ११ः३० मै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारवाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *