राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पूर्व निर्वाचन आयुक्त शर्माप्रति श्रद्धान्जली व्यक्त

डिसी नेपाल
२९ असार २०८२ १२:०७
100
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धान्जली व्यक्त गरेका छन्। शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो।

राष्ट्रपति पौडेलले शर्माले पत्रकारिताका माध्यामबाट नेपाली समाजलाई पुर्‍याएको योगदान स्मरणीय रहेको भन्दै निर्वाचन आयुक्तका रुपमा निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गर्दै कामको स्मरण गरेको राष्ट्रपतिको सचिवलयले जनाएको छ।

पत्रकारितको पृष्ठभूमीबाट निर्वाचन आयुक्त बनेकी शर्मा २०६९ देखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्। साथै, राष्ट्रपति पौडेलले श्रद्धान्जलीमा शर्माको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *