देउवा र कोइराला एउटै मञ्चमा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन्। कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन्।
‘देश विकास र देशवासीको उन्नतीको आधार-बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन्।
पछिल्लो समयमा कांग्रेस भित्रको आन्तरिक राजनीतिमा तिब्र प्रतिस्पर्धा गरिरहेका कोइराला आगामी महाधिवेसनमा सभापतिका उम्मेदवार भए पछि उनले आफू निकटहरूसँगको सक्रियता बढाइरहेका छन भने संस्थापन पक्ष कोइरालालाई रोक्न लागि परेको छ।
साे अवसरमा सभापति देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताए।
सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रुपमा लोकतन्त्रको पक्षमा बिपी कोइराला उभिएको स्मरण गरे। “वास्तवमा बलियो कांग्रेस र राष्ट्रिय शक्तिहरुबीचको मेलमिलापले मात्र देश स्वाधीन र समृद्ध हुन्छ भन्ने बिपीको सन्देश आजपनि उत्तिकै सान्दर्भिक छ,” सभापति देउवाले भने।
राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता, मुलुकको समृद्धि, सामाजिक सद्भाव ठूलो हो भन्नेमा बिपीको दृढ मत भएको उनको भनाइ छ। उनले बिपी कोइराला राजनीतिमा मात्र नभई साहित्यको क्षेत्रमा पनि चम्किलो नक्षत्र भएको उल्लेख गरे। प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले स्वतन्त्र चिन्तन, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याएकाे देउवाले बताए।
बिपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको उनको भनाइ छ। उनले बिपी कोइराला सधैं आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको अपरिहार्यता हो भन्नेमा अडिग नेता भएको बताए।
देउवाले भारत निर्वासनमा रहेर तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरिरहेको बेला राष्ट्रियता कमजोर भएको विश्लेषण गरेर आठवटा ज्यान मुद्दा हुँदाहुँदै बिपी नेपाल फर्किनुभएको स्मरण गरे। बिपी कोइरालाको त्याग र योगदानबाट स्थापित मूल्य र मान्यताले नै नेपाली कांग्रेस आजको स्थितिमा आएको उनको भनाइ छ।








डिसी नेपाल








Facebook Comment