‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ। बीपी कोइरालाको ४३औं स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकाममा रहेको ‘गफाडी चौर’का रुपमा परिचित बिपी चोक नामाकरण गरिएको हो।
नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम गमगढी बजारको डिभिजन वन कार्यालय पछाडीको भाग, कृषि विकास कार्यालय मुगुमा जाने मुल बाटोको भाग र पुरानो जिल्ला शिक्षा कार्यालय जाने अगाडीको भागको खुल्ला स्थानलाई बिपी चोक नामाकरण गरिएको हो।
छायाँनाथ रारा नगरपालिका प्रमुख बिष्णुकुमार भामले महामानव बिपी कोइरालाको सम्मानमा बिपी जयन्तीकै अवसर पारी गमगढी बजारमा बिपी चोक नामाकरण गरिएको बताए।
उनका अनुसार गत असार २९ गते बसको १७औं नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाको व्यवस्थापनमा बिपी चोक नामाकरण गरी कार्यान्वयन गरिएको छ।







डिसी नेपाल








Facebook Comment