आफ्ना मागको सुनुवाई नभएको भन्दै रास्वपाले गर्यो प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग राख्दै बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारलाई बोल्न समय दिए।
सांसद कंसाकारले तस्करहरु अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने बताइन्। स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको उनले बताइन्।
उनले यस बिषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गरिन्। त्यस्तै उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरुमाथि कारवाही गर्न माग गरिन्। आफ्ना मागको सुनुवाई नभएको भन्दै रास्वपाका सांसदहरुले सदन बहिष्कार गरेका छन्।







डिसी नेपाल








Facebook Comment